प्रारम्भिक जीवन

गौरी कुमारी यादव एक अनुभवी राजनीतिक नेता हाल नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको रूपमा सेवारत हुनुहुन्छ।

महोत्तरीमा जन्मिएकी उहाँ विज्ञानमा स्नातक (ISC) पूरा गरि र समावेशी विकास र सामाजिक समानतामा केन्द्रित रहेर राष्ट्रिय राजनीतिमा सक्रिय रूपमा संलग्न रहनु भएको छ। उहाँ पहिले प्रतिनिधि सभाको सदस्यको रूपमा २०८२ को निर्वाचनामा जित हासिल गरी  विधायी प्रक्रिया र नीति निर्माणमाको यात्रामा अगाढी बढ्नु भएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको रूपमा उहाँले औद्योगिक विकास, व्यापार प्रवर्द्धन, आपूर्ति व्यवस्थापन र उपभोक्ता संरक्षण लगायतका प्रमुख क्षेत्रहरूको निरीक्षण गर्नु हुनेछ। उहाँको प्राथमिकतामा घरेलु उद्योगहरूलाई सुदृढ पार्ने, व्यापार सन्तुलन सुधार गर्ने, बजार स्थिरता सुनिश्चित गर्ने र सुशासन प्रवर्द्धन गर्ने कार्यहरु रहेकाछन्।उहाँ नेपालमा दिगो आर्थिक वृद्धि, संस्थागत सुदृढीकरण र कुशल सार्वजनिक सेवा वितरणप्रति प्रतिबद्ध हुनुहुन्छ।