खानी तथा भूगर्भ विभागमा पदाधिकार रहेका नेपाल इन्जिनियरिङ सेवा, जियोलोजी समूह, जनरल जियोलोजी उपसमूह, जियोलोजिष्ट श्री गौतम प्रसाद खनाल (रा.प.तृ.प्रा) (कर्मचारी संकेत नं. 201294) लाई स्पष्टीकरण पेस गर्ने बारेको सूचना

तपाईं आफू कार्यरत रहेको निकाय खानी तथा भूगर्भ विभागमा मिति २०८२/4/9 देखि हालसम्म बिना सूचना ९० (नब्बे) दिनभन्दा बढी लगातार अनुपस्थित रहनु भएको देखिएको हुँदा के कति कारणले अनुपस्थित रहनु भएको हो? अनुपस्थित रहनुको स्पष्ट कारण सहित बाटोको म्यादबाहेक १५ (पन्ध्र) दिन भित्र निजामती सेवा ऐन, २०४९ को दफा ६६ बमोजिम सफाइ पेस गर्न यस मन्त्रालयको मिति २०८३/4/१4 (सचिवस्तर) को निर्णयानुसार तोकिएको समयभित्र सफाइ पेस नगरेमा तपाईंलाई निजामती सेवा ऐन, २०४९ को दफा ६१ को उपदफा (१) को खण्ड (छ) को कसुरमा सोही ऐनको दफा ५९ को खण्ड (ख) (१) बमोजिम भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने व्यहोरा समेत सूचित गरी मिति २०८३/4/16 मा राष्ट्रिय दैनिक गोरखापत्रमा सार्वजनिक सूचना प्रकाशित गरिएकोमा तपाईंले हालसम्म पनि सम्बन्धित निकायमा सफाइ पेस नगर्नु भएकोले तपाईंलाई निजामती सेवा ऐन, २०४९ को दफा ६१ को उपदफा (१) खण्ड (छ) को कसुरमा सोही ऐनको दफा ५९ खण्ड (ख)(१) बमोजिम भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी कारवाही किन नगर्ने? नगर्नु पर्ने कुनै कारण भए निजामती सेवा ऐन, २०४९ को दफा ६७ तथा निजामती सेवा नियमावली, २०५० नियम ११० खण्ड (ख) बमोजिम ३० (तीस) दिनभित्र स्पष्टीकरण पेस गर्नुहुन जानकारी गराइन्छ।